Trending

महेन्द्रनगरबाट आउँदै गरेको बस चितवनमा दुर्घटना, १५ जना घाइतेको चितवन मेडिकल कलेजमा उपचार हुँदै

चितवन- नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

महेन्द्रनगरबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।

घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

छुटाउनुभयो कि ?

TOP