Trending

मानव वेचविखनबिरुद्ध दिवसको अवसरमा सचेतनामूलक गीत सार्वजनिक

काठमाडौं– मानव वेचविखन विरुद्धको १८औं दिवसका अवसरमा सचेतनामूलक गीत सार्वजनिक गरिएको छ । महिलाको निम्ति महिला मञ्च नेपाल (वफोवन)को युट्युमार्फत् गीत सार्वजनिक भएको हो ।

मानव वेचविखनको बदलिदो स्वरुप र यसबाट जोगिने उपायको विषयमा सचेतना जगाउन गीत तयार गरिएको हो । गीतमा मानव वेचविखन विरुद्धकी अभियन्ता सुनिता दनुवारलगायतको सहभागिता छ। वोफोवन सांस्कृतिक समूहका कलाकारहरुको सहभागीता रहेको प्रत्यक्ष दोहोरी गीतको पहिलो भाग अन्तर्राष्ट्रिय मनव वेचविखनबिरुद्धको दिवसका अवसरमा यसअघि नै सार्वजनिक भइसकेको थियो ।

गीत–संगीतबाट परिवर्तनका आवाज उठाउने, सचेतना फैलाउने र खबरदारी गर्ने उद्देश्यले सांगितिक अभियान अघि बढाइएको संस्थाकी कार्यक्रम संयोजक वर्षा लुइँटेलले बताएकी छिन्। उनले भनिन्, ‘सांस्कतिक अभियानमार्फत् सामाजिक परिवर्तनका लागि आवाज उठाउने क्रममा हामीले मानववेचविखनको सवाल उठाएका हौं । अन्य विविध विषय गरी १०० भागसम्म गीत सार्वजनिक गर्ने लक्ष्य छ । त्यसमध्ये द्दघ वटा सार्वजनिक भइसकेका छन्।’

समसामयिक विषयमा केन्द्रीत र असंगठित क्षेत्रका श्रमिकका सवालमा आधारित गीतलाई महिलाको निम्ति महिला मञ्च नेपालको युट्युब च्यानलमा हेर्न सकिन्छ। मनोरञ्जन तथा सत्कार (डान्सबार, दोहोरी साँझ, क्याबिन रेस्टुरेण्ट, खाजाघर तथा स्पा÷मसाज पार्लर) क्षेत्रमा कार्यरत श्रमिकहरुको नेतृत्वमा मञ्च गठन भएको हो । संस्था मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको अधिकार प्रवद्र्धन तथा सुनिश्चिताको लागि अभियानरत रहेको संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक सिर्जना पुन बताउँछिन् । उनले भनिन्, ‘हिला श्रमिकहरुको कामको सम्मान साथै कार्यरत क्षेत्रमा हिंसामुक्त, सुरक्षित र मर्यादित काम गर्ने वातावरण हुनु पर्दछ भन्ने उद्देश्य र मान्यताका साथ आफ्ना गतिविधिहरु संचालन गर्दै आइरहेको छौं।’

https://www.youtube.com/watch?v=PCHnjezVHA4

छुटाउनुभयो कि ?

TOP