काठमाडौं ।
सरकारले सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित बनाउने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै सामाजिक सञ्जालको सुरक्षित मर्यादित र व्यवस्थित सञ्चलनका लागि प्रभावकारी नियमन गरिने घोषणा गरेका हुन्।
उनले भने, ‘सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्द्धन गर्न सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन प्रभावकारी नियमन गरिनेछ।’