काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादर गर्बुजाले आज पद तथा गोपनीयताको शपन लिँदैछन् ।
विहान साढे ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई शपथ ग्रहण गराउनेछन् । १० वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेपछि उनलाई १७ गते नियुक्त भएका थिए ।