बाजुरा, २०८२ बैशाख २३ — नेकपा (एमाले) जिल्ला कमिटी, बाजुराको दोस्रो सचिवालय बैठक आज सम्पन्न भएको छ। बैठकको अध्यक्षता जिल्ला अध्यक्ष लाल बहादुर ओलीले गर्नुभयो भने प्रमुख अतिथिका रूपमा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज लालबहादुर थापा सहभागी हुनु भयो। प्रतिनिधि सभा ईन्चार्ज सहदेव, पार्टी पदाधिकारी तथा सचिवालय सदस्यहरूको समेत सक्रिय उपस्थिति रहेको थियो।
बैठकमा कार्यसूचीहरूमा विस्तृत छलफल भएको थियो ।
बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य लालबहादुर थापाले पार्टी संगठन बलियो बनाउन सबै तहका कमिटी सदस्यहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनु भयो। उहाँले संगठनात्मक जिम्मेवारीलाई सक्रियता, समर्पण र अनुशासनका साथ निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
बैठकले पार्टीको आगामी कार्ययोजना, संगठन विस्तार र जनसमस्या समाधानमा क्रियाशील भूमिका निर्वाह गर्ने निर्णयसमेत गरियो ।