लैङ्गिक उत्तरदायी बजेट विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनगढी, कैलाली — लैङ्गिक उत्तरदायी बजेट, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा स्थानीय सरकारको भूमिकाका विषयमा केन्द्रित अन्तरक्रिया कार्यक्रम कैलालीको धनगढीमा सम्पन्न भएको छ।

२५ बैशाख २०८२ मा सम्पन्न उक्त एकदिने कार्यक्रममा सुदूरपश्चिम प्रदेशअन्तर्गत ११ वटा स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा लैङ्गिक उत्तरदायी बजेट महिलाका लागि मात्र नभई समग्र सामाजिक न्याय र समानताको आधार भएको सन्देश दिइएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले महिलालगायत सामाजिक रूपमा पछाडि पारिएका समूहहरूलाई लक्षित बजेट निर्माण तथा कार्यान्वयनमा स्थानीय तहले अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

नेपाल सरकार, युएनएफपीए, नर्वे सरकारको सहयोग तथा जनहित–नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा बजेट निर्माण प्रक्रियामा लैङ्गिक दृष्टिकोण समावेश गर्ने अन्तर्राष्ट्रिय प्रतिवद्धता तथा स्थानीय तहको भूमिकाका बारेमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमले नीति निर्माणदेखि बजेट कार्यान्वयनसम्म लैङ्गिक संवेदनशीलता समावेश गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

छुटाउनुभयो कि ?

TOP