धनगढी, बैशाख २५ – सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा “प्रदेश तथा स्थानीय तहबीच समन्वय सुदृढीकरण अन्तरक्रिया एवं नीति, कार्यक्रम तथा बजेट सम्बन्धी छलफल कार्यक्रम” औपचारिक रूपमा सुरु भएको छ।
कार्यक्रमको अध्यक्षता प्रदेश प्रमुख मन्त्री कमल बहादुर शाहले गर्नुभएको छ भने स्वागत मन्तव्य नीति तथा योजना आयोगका माननीय उपाध्यक्ष जीवन रानाले व्यक्त गर्नुभएको हो।
उक्त कार्यक्रम सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सञ्चालित संघीयता सुदृढीकरण तथा स्थानीय शासन समर्थन कार्यक्रम (PLGSP) अन्तर्गत आयोजना गरिएको हो।
कार्यक्रममा मन्त्री, राज्यमन्त्री, प्रदेश सभा सदस्य, संसदीय समितिका सभापति, ९ वटै जिल्लाका जिल्ला समन्वय समिति प्रमुख, ८८ वटै पालिकाका प्रमुखहरू, नीति तथा योजना आयोगका पदाधिकारीहरू, प्रमुख सचिव, सचिव लगायत उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको छ।
मुख्यमन्त्री शाहले कार्यक्रमको उद्घाटन गर्दै हालै सम्पन्न भारत भ्रमणबारे स्पष्ट पार्नुभएको छ र आगामी नीति तथा बजेट निर्माण प्रक्रियामा स्थानीय तहसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभएको छ।