बालुवाटारमा कांग्रेस, एमाले शीर्ष नेताको बैठक

काठमाडौँ — कांग्रेस, एमालेका शीर्ष नेतासहित बालुवाटारमा बैठक भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेका बेला शीर्ष नेतासहित दुई दलको बैठक भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बेलुका भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले वरिष्ठ उपाधयक्ष ईश्वर पोखरेल सहभागी छन् ।

बैठकमा आगामी आर्थिक वर्षको बजेट ल्याउने दिन नजिकिँदै गर्दा भिजिट भिसा प्रकरणमा विपक्षी दलले गर्न सक्ने विरोधका बारेमा पनि छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । त्यस्तै भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकमाथि प्रश्न उठिरहेका बेला दुई दलको बैठकमा छलफल हुने छ ।

Recent Posts

छुटाउनुभयो कि ?

TOP